नेपालमा कोरोना संक्रमण दर घट्दो, शनिवार ७० जनामा पुष्टि, कुन प्रदेशमा कति संक्रमित ?

काठमाडाैँ – नेपालमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ७० जनामा कोरोना पुष्टि भएको बताए । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १६ हजार ७ सय १९ पुगेको छ भने ८ हजार २ सय ३९ जनामा कोरोना सक्रिया रहेको छ ।
जसमा कोरोना सक्रिया हुनेको संख्या प्रदेश नं. १ मा २ सय ५ जना, प्रदेश नं. २ मा १ हजार ९ सय ९३ जना, बागमती प्रदेशमा ७ सय ४७ जना, गण्डकी प्रदेशमा ८ सय ८६ जना, प्रदेश नं. ५ मा १ हजार ६ सय ८२ जना, कर्णाली प्रदेशमा ३ सय ८५ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ६ सय ४१ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्