समाज र राजनीति

समाज र राजनीति एक अर्काका परिपुरक कुरा हुन । राजनीति बिना समाजिक क्रियाकलाप पूरा हुन सक्दैनन् । समाजमा निष्टाको राजनीति हुनु हुदैन । राजनीति र समाजलाइ स्वस्थ्य बनाउनु सबै तह र तप्पकाका सचेत नागरिकहरुको अहम भुमिका हुन्छ । सबैको गहन जिम्मेवारी र कर्तव्य हो । राज्यका संस्थाहरु र समाजका परिसुचकहरुलाई विवादमा लिएर राज्य र समाज बलियो हुदैन । पार्टीहरुमा राजनीतिक बृत्तचित्रमा आन्तरिक द्वन्द्व, गुट, उपगुट, कलह, विद्रोह, समर्थक, असमर्थक, प्रतिस्पर्धा हुन्छन ।

तर समाजमा राजनीति भित्रका यी माथि लिखित गलत संस्कारलाइ लिएर समाजलाइ बन्धक बनाउने र समाजमा गलत पद्धति सृजना गर्न खोज्दा समाजीक,परिसुचकहरु जस्तै : समाज सेवा, समाजिक उत्तरदायित्व, समाजिक सद्भाभाव, समाजिक सहजीकरणता, समाजिक जवाफदेहिता, समाजिक पार्दशिता, समाजिक नेतृत्वको कार्यकुसलता, समाजिक विधि र पद्धति आदी जस्ता परिसुच हरु नराम्रोसँग प्रभावित हुन्छन र समाजमा राजनीतिक परिघटनाहरुको वितिष्णता फैलिन्छ ।

त्यसैले हरेक नागरिकको अहम जिम्मेवारी भनेको यी दुई विषय हरु लाइ एक अर्कामा चेक एण्ड बेलेन्स मा लिएर जानू नै यी दुई बिषयमा सरोकार राख्नेहरुको लागि अग्नि परीक्षा साबित हुन्छ । राजनीति गर्ने नेतृत्वकर्ता र समाजिक नेतृत्वकर्ताहरु स्वच्छ र लक्ष्यमूलक एक आपसको विश्वासिलो वतावरणमा निर्देशीत भएनन र किचलो प्रतिस्पर्धात्मक बिचार धाराबाट निर्देशीत हुन्छन भने कसैले जित्दैनन । केबल राष्ट्रले हार्छ र राष्ट्रले ठूलो क्षती व्यहोर्छ यो जुन सुकै पार्टीका नेता र जस्तो प्रकारको समाजिक अभियान्ता भएर लागेका छन सबैले राम्रोसंग बुझ्नु जरुरी छ । हैन भने राजनीति र सामाजिक नीतिको किचलोबाट उत्प्न हुने जटिल परिस्थितिको मूल्य नत यो राष्ट्रले तिर्न सक्छ नत यी शाशक र समाजीक अभियान्ता हरुले नै तिर्न सक्छन ,केबल त्यो मूल्य तिर्न सक्छन त फेरि पनि नेपाली जनताले नै तिर्न सक्छन । त्यो पनि युगौ युग लगाएर ………..

लेखक : धनञ्जय जाेशी – स्थायी ठेगााना : शुक्लाफाँटा नगरपालिका-७, कञ्चनपुर

हालकाे बसाइ : बहराईन

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्