मालिकार्जुनमा काशिराम पन्त स्मृति प्रतिष्ठानद्वारा संचालित पुष्तकालयको उद्घाटन, अध्यक्ष भन्छन्, ‘गाउँपालिकाको पुस्तकालयको रुपमा विकास गर्छौ’

गणेश सिंह धामी
दार्चुला – मालिकार्जुन गाउँपालिका–८ शंकरपुरमा काशिराम पन्त स्मृति प्रतिष्ठानद्वारा संचालित पुष्तकालयको उद्घाटन गरिएको छ ।
बिहिबार नन्दराज पन्तको अध्यक्षतामा एक कार्यक्रमकाबीच पुस्ताकालयको उद्ध्घाटना गरिएको हो । मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष पुष्पा अवस्थी, वडा नं. ८ का अध्यक्ष पदमराज पन्त लगायत अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो । स्वर्गीय काशीराम पन्तले दार्चुला जिल्लाकै जेठो विद्यालयको रुपमा २०१७ सालमा श्री शंकरपुर मा.वि. को स्थापना गरेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धामीले स्वर्गीय काशीराम पन्त लगायत उनको सहपाटी हरिभक्त पन्त, दामोदर जोशी, महावीर सिँह बोहरा, खल्वा बोहरा, बट्ट्वा समान्त, पति धामी, ज्ञानी धामी प्रति श्रद्धञ्जली व्यक्त गर्दै उनीहरुले यो समाजमा शिक्षाको ज्योती प्रज्वलन गरी अमर रहेको बताए । साथै मालिकार्जुन गाउँपालिकाले प्रतिस्ठानको लागि चालु आर्थिक वर्षमा ५ लाख बजेट विनियोज गरेको बताए । आगमी दिनमा यस प्रतिष्ठान र पुस्तकालय विकासका लागि गाउँपालिका सकारात्मक रहेको र यस पुस्तकालयलाई गाउँपालिकालको पुस्तकालयको रुपमा विकास गर्ने अध्यक्ष धामीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्