१ महिनामा पाउने सेवा सुविधा नगरको विपद व्यवस्थापन कोषमा दिने वडा अध्यक्ष तिवारीकाे घोषणा

 प्रेम जोशी , कैलाली

कैलालीको गौरीगंङ्गा नगरपालिका ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीले एक महिनाको सेवा सुविधा कोरोना रोकथाममा प्रदान गर्ने घोषणा गरेका छन् ।

हाल बिश्वमा देखिएको कोरोना भाईरस काेभिड-१९ को कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गरेर अध्यक्ष तिवारीले नगरपालिकाबाट प्राप्त हुने १ महिनाको सम्पुर्ण सेवा सुविधा नगरको विपद व्यवस्थापन कोषमा दिने आज बिहानै सामाजिक संजाल फेसबुक मार्फत सम्पूर्ण नगरका बासिन्दालाई जानकारी गराउछु भनि विहानै फेशबुक बाट जानकारी दिएका हुन ।

तिवारीले भनेका छन् “बिश्व अक्रान्त भैरहेको सर्बबिदितै छ, यसबाट हाम्रो देश नेपाल पनि अछुतो नरहेका कारण यस संकटको घडीमा सबैले सबैलाई सहयोग गर्ने अति जरुरी देखिन्छ । त्यसकारण म यस नगरपालिकाको जनप्रतिनिधिको हैसियतले मेरो आफनाे वडा र नगरपालिकामा मेरो केही सानो प्रयासले यहाँका बासिन्दालाई सानो सहयोग पुग्छ, भने किन नगर्न भन्ने सोचका साथ मैले हाम्रो राज्य बाट पाउने १ महिनाको सम्पूर्ण सेवा सुबिधा हाम्रो नगरपालिकामा रहेको बिपद कोरोना कोषमा दिने निर्णय गरेको यसै समाजिक संजाल मार्फत सम्पूर्ण नगरबासि मा जानकारी गराउदछु” । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्