नेपाल प्रहरीका निरीक्षक रुद्र शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका नेपाल प्रहरीका निरीक्षक रुद्र शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका एसपी प्रविण धितालका अनुसार प्राप्त समयमा शाहीको बयान र उनको संलग्नताबारे विस्तृत अनुसन्धान हुनेछ ।
ब्युरोले बुधबार पेप्सीकोलाबाट उदयपुरका एलिसन बस्नेत, बर्दियाका सन्तोषकुमार शाह, काठमाडौंका भुपेश शेरचन र अभियान थपलियालाई लागूऔषधसहित पक्राउ गरेको थियो ।
उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा घटनामा शाहीको पनि संलग्नता भेटिएको थियो । त्यसैले बिहीबार उनलाई पनि पक्राउ गरी हिरासतमा राखिएको थियो । अन्य आरोपितविरुद्ध भने १० दिन म्याद थप भएको छ । प्रहरीले उनीहरुको साथबाट ६६७ थान डाइलेक्स बोतल, १ हजार १ सय ८६ ट्याब्लेट, स्मो प्रोक्सिभोन क्याप्सुल ३ सय ३० थान र एक लाख रुपैयाँ नगद पनि बरामद गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्