हेटौंडा–भिमफेदी–कुलेखानी मार्ग र निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध

FILE PHOTO

राजधानी काठमाडौंसँग जोड्ने छोटोे दूरीका दुई राजमार्ग हेटौंडा–भिमफेदी–कुलेखानी मार्ग र निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको छ ।

हेटौंडा–भिमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ जुरिखेत नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सो खण्डमा वागमती प्रदेश सरकारले सडक बिस्तारको काम गरिरहेको छ । १६ किलोमिटर लामो सडकमा दुर्घटनाको उच्च जोखिम भएपछि सरकारले चौडा पार्ने काम गरिरहेको हो ।

लगातारको वर्षाका कारण बिस्तारको क्रममा रहेको बाटोको माथिबाट लेदो माटोसहित पहिरो खस्दा दुईतर्फी बाटो अवरोध भएको छ । अहिले पहिरो पन्छयाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् ।

निर्माणको क्रममा रहेको हेटौंडा–काठमाडौं कान्ति लोकपथ सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको छ । सडक खुलाउन पहिरोे पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्