कर्णालीमा थपिए २५ जना कोरोना संक्रमित

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका एकजनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका एक महिलासहित १८ जना रहेका छन् भने एकजना पुरुष नौमुले गाउँपालिकाका हुन् ।

यस्तै, म‌ंगलबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत दैलेख दुल्लुका एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोनाले मृत्यु हुनेको संख्या ५ पुगेको छ । मंगलबार नै कर्णालीका विभिनन् आइसोलेसनबाट ९ जना डिस्चार्ज भएका छन् । मंगलबार डिस्चार्ज भएकासँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५६० पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्