बाग्लुङका ११ जना कोरोना संक्रमित डिस्चार्ज

पोखरा – बागलुङका ११ जना कोरोना संक्रमित निको भएर मंगलबार डिस्चार्ज भएका छन् ।

आइतबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु धौलागिरी अञ्चल अस्पतलाबाट डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा गल्कोट नगरपालिकाका २३ वर्षीय एक पुरुष, निसीखोला गाउँपालिकाका २९ र २२ वर्षीय दुई जना पुरुष र ताराखोला गाउँपालिकाका ३९ वर्षीय एक पुरुष छन् । यस्तै, बडीगाड गाउँपालिकाका दुई जना २५ वर्षीय पुरुष, ३९, ३२ र २२ वर्षीय तीन जना पुरुष, बरेङ गाउँपालिकाका १८ र २३ वर्षीय २ जना पुरुष निको भई घर फर्किएको अस्पतालले जनाएको छ ।

बागलुङमा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ । जसमध्ये १७ जना डिस्चार्ज भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्