कर्णाली प्रदेश अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्बिर

सुर्खेत – सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।

वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृत्यु भएको डाक्टर पौडेलले बताए । मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका थिए । थप एकजनाको मृत्यु भएसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि सुर्खेतमा दुईजना, डोल्पा र दैलेखमा एकरएकजनाको मृत्यु भइसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्