प्रतिलिपि अधिकार विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

sf7df8f}F, @# df3 M /fli6«o;efsf] laxLaf/sf] a}7sdf ;~rf/ tyf ;"rgf k|ljlwdGqL uf]s'nk|;fb afF:sf]6fn] k|:t't ug'{ePsf] g]kfn lel8of sfplG;n ljw]os, @)&% nfO{ kfl/t ub}{ ;b:ox? . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उक्त प्रस्ताव गरेका थिए । राष्ट्रियसभाको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ पारित गर्ने तयारी गरिए पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीबाट हटाइएको जानकारी दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार ११ गते बिहान ११ बजे बस्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्