सेती प्रादेशीक अस्पतालमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमणको पुष्टि

कैलालीको धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोरोना संक्रमितहरुको उपचारमा संलग्न २८ वर्षीया स्टाफ नर्समा सोमाबार संक्रमण देखिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ । केही समय संक्रमितको उपचारमा खटिएपछि १४ दिन क्वारेन्टिनमा बसेपछि उनीमा संक्रमण देखिएको हो ।

सोमबार उनीसँगै अन्य १० जनाको रिर्पाेट आएको थियो । ती मध्ये अन्य ९ जनामा संक्रमण देखिएन्को । संक्रमित नर्सलाई अहिले कोरोना अस्पतालमा भर्ना गरिएको छ ।

यसअघि पनि कञ्चनपुरका २ जना र डडेल्धुराका २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्