सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायमः देउवा

File Photo

काठमाडौँ – प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताएका छन् । सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले प्रष्ट पारे ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संसदमा पेश गर्नुभएको नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा बोल्ने क्रममा देउवाले यस्तो बताएका हुन् ।
उनले सुगौली सन्धिलगायतका दस्तावेजमा कालापानी क्षेत्र नेपालको भएको स्पष्ट पारेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्