राजतन्त्रले गुमाएको भुमिमा गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लियाे: प्रचण्ड

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका पालामा गुमेको भूमि फिर्ता लिने ठाउँमा आइपुगेको बताएका छन् ।

प्रतिनिधिसभा संसद बैठकमा शनिबार प्रचण्डले राजतन्त्रले नेपाली भूमि गुमाएको र त्यो गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको बताएका हुन् ।

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं,’ उनले भने, ‘गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा हामी आइपुगेका हौं । राजतन्त्रले गुमायो, गणतन्त्रले उक्त भूमि फिर्ता लिँदैछ । ऐतिहासिक गौरव सदनलाई प्राप्त हुँदैछ।’

प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्