कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ वर्षिया बालिकाको मृत्यु, एक जना घाइते

मुकेश प्रसाद जोशी
कञ्चनपुर – कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा मोटरसाईकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु छ भने बुबा गम्भीर घाईते भएका छन् । से ६ प ३३८९ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो । दुर्घटनामा दुई वर्षीया जेनिसा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाईते भएकी बालिकाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बताए ।

दुर्घटनामा परी मृत्यु भएकी बालिकाका बुबा समेत रहेका चालक ३० वर्षीया ज्ञानेन्द्र खड्का गम्भीर घाईते भएका छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक थापाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्