बाजुराको क्वारेन्टाइनमा एकजनाले गरे आत्महत्या

देबराज पाध्याय
बाजुरा – बाजुुरा जिल्लाको बडिमालिका वडा नं. २ भौनेरा स्थित सत्यबादी मा.वि. को क्वारेन्टाइनमा एक जनाले आत्म हत्या गरेका छन् । आत्म हत्या गर्नेमा बडिमालिका नगरपालिका वडा न २ माझिगाउका ४५ बर्षिया झुपे दमाइ रहेका छन् । उनी २ दिन अघिमात्र भारत बाट आएर सो क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरीनायब उपरिक्षक टंक प्रसाद भट्टराइले बताए । उनले के कति कारणले आत्महत्या गरेको हो थाहा नभएको र थप अनुसन्धानका लागि इन्सपेक्टरको नेतृत्वमा एक टोली घटना स्थल तर्फ गैसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनाको अहिले छानबिन भैरहेको छ ।

शुक्रबार साँझ साढे आठ बजे तिर क्वारेन्टाईन भित्रको अर्को खालि भएको कोठाको छानाको काठमा डोरी झुन्ड्यायर आफ्नो घाँटीमा डोरीको पासो लगाएर झुन्डीएको अबस्थामा भेटीएको छ । त्यहाँ उनिसंगै रहेका उनकी श्रीमती, २ जना छोरा, २ छोरीका साथै अन्य साथिहरु रहेका प्रहरीको श्रोतले जनाएकको छ ।
अहिले त्यहाँ १६ जना कोरन्टाइनमा बसरहेका छन् । उनी जेठ २७ गतेका दिन गौगरीफन्टाको नाका भएर २८ गते मात्र बाजुरा पुगेका थिए । ४ बर्ष भारतमा बसेर २ दिन अघि मात्र उनि घर नजिकैको क्वारेन्टाइनमा बसेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्