सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) बाट बाहिरिए ९ वटा सामुदायिक वनहरू

मुकेश प्रसाद जोशी
कञ्चनपुर – सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) बाट कञ्चनपुरका ९ वटा सामुदायिक वनहरुले सदस्यता परित्याग गरेका छन् ।
शुक्रबार ९ वटै सामुदायिक वनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । सामुदायिक वन उपभोक्ता महासंघले निरन्तर रुपमा बैज्ञानिक वन व्यवस्थापनको विरुद्धमा आफ्ना गतिविधिहरु निरन्तर रुपमा अगाडी बढाइरहेको भन्दै उक्त वनहरुले सदस्यता परित्याग गरेका हुन् । सदस्यता परित्याग गर्ने सामुदयिक वनहरुमा बैजनाथ सामुदायिक वन, कृष्ण सामुदायिक वन, जगदम्बा मयुर सामुदायिक वन, सिंहपुर सामुदायिक वन, रामनगर सामुदायिक वन, सीता सामुदायिक वन, हरियाली सामुदायिक वन, महाकाली सामुदायिक वनहरु रहेको छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्