लकडाउनले खानेपानी योजना सम्पन्न गर्न समस्या

FILE PHOTO

कोरोना भाइरस (कोभीड–१९) संक्रमणका कारण चैत ११ देखि लकडाउन भएपछि सिन्धुपाल्चोकमा सञ्चालन भइरहेको विभिन्न विकास निर्माणका कार्यहरुमा त्यसको प्रत्यक्ष असर परेको छ । बहुचर्चीत मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी मन्त्रालय मार्फत बजेट विनियोजन भइ यो आर्थिक वर्षमा सम्पन्न हुने खानेपानी योजनाका कामहरु लकडाउनका कारण सम्पन्न हुन समस्या भएको छ ।
खानेपानी मन्त्रालयले यस क्षेत्रको खानेपानीको सहज आपुर्ती गर्नका लागि चालु आर्थिक वर्षमा मात्रै ६ करोड बढी रुपैयाँ खानेपानीका लागि विनियोजन गरेको थियो ।

खानेपानी मन्त्री विना मगरसँग पुर्व मन्त्री समेत रहेका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सासंद शेरबहादुर तामाङले यस क्षेत्रका स्थानीयको खानेपानी आपुर्ती सहज बनाएर मात्रै मेलम्ची काठमाडौं लैजानका लागि आग्रह गरेका थिए । खानेपानी मन्त्रालयलबाट मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा गत बर्ष मेलम्ची खानेपानी आयोजना मार्फत ६३ वटा आयोजनाहरुको डीपीआर सम्पन्न भइ २४ वटा आयोजनाहरु सुरु भएका र उक्त आयोजनाहरुमा यो बर्ष खानेपानी मन्त्रीको बिशेष निर्देशनमा निर्माण कार्य सुरु भएपनि लकडाउनका कारण योजना सम्पन्न हुन ढिलाई भएको पुर्व मन्त्री एवम सासंद शेरबहादुर तामाङले जानकारी दिए ।

संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना, हेटौंडाका का.मु.आयोजना प्रमुख मोहन लाल जैसीले प्रभावित क्षेत्रका आयोजनाहरुलाई उच्च प्राथमिकतामा राखिएकाले सकेसम्म समयमै सम्पन्न गरिने जानकारी दिए । चालू आयोजनाहरुमा सासंद सांसद शेर बहादुर तामाङको तर्फबाट संयोजन गरी रहेका तामाङको स्वकीय निर्मल बन्जाराका अनुसार प्रभावित क्षेत्रका ४९ वटा आयोजनाहरु मध्ये पुराना र नया गरी करिब २० वटा आयोजनाहरुको सम्झौता सम्पन्न भएका र बांकी आयोजनाहरुका लागि पाईप र फिटिङ्सको टेन्डर प्रक्रियामा गएको छ ।

मेलम्ची खानेपानी प्रभावित क्षेत्रमा आगामी बर्ष का लागि ९० वटा भन्दा बढी खानेपानी योजनाहरु प्रस्ताव गरिएको र सन् २०२२ सम्ममा प्रभावित क्षेत्रमा गुणस्तरीय खानेपानी बितरण कार्य सम्पन्न गर्न पहल भइरहेको सासंद तामाङले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्