लकडाउन खुकुलोबारे आजै निर्णय गरिनेः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले लकडाउनले कठिन बनाएको सामाजिक जीवन सहज तुल्याउने गरी निर्णय हुने जानकारी दिए ।

कोभिड–१९ संक्रमण परीक्षण गर्न निजी क्षेत्रलाई दिने/नदिने विषयमा पनि आजै निर्णय हुने बताए । विद्यार्थीको पठन-पाठन सञ्चालन र परीक्षाको विषयमा पनि ठोस निर्णय हुने बताए । भारतलगायतका देशबाट फर्काउने पर्ने अवस्थामा रहेका नेपालीलाई क्रमशः ल्याउने व्यवस्था गरिने प्रधानमन्त्रीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्