सबैको प्रयासले नयाँ नक्सा जारीः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासले नयाँ नक्सा जारी भएको बताएका छन् । उनले हाम्रो पुर्खाले लडेर बनाएको र जोागाएको कारणले हामी अहिले अडिएर बसे पुग्ने बताएका छन् । सङ्घीय प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदले पुर्खाले जोगाएको कुरामा अडिन खेलेको भूमिका निक्कै सराहनीय रहेको बताए ।

उनले भने, ’कसले जस लिने र श्रेय लिने ? कसको देवत्वकरण गर्ने भन्ने कुरा हैन । लामो समयदेखि जनस्तरबाट उठेको छ । हामीले कसैले जस पाउला भनेर चिन्ता गर्न पर्दैन यो सबैको साझा कुरा हो । यसको जस कसैले लिँदैन । यो सबैको विजय हो । हामी फराकिलो भावनाले अघि बढाएका छौँ । जसका लागि सबै सर्वदलिय र सर्वपक्षिय बैठक अनुसार नै प्रयास अघि बढेको हो ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्