भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

सांकेतिक तस्बिर

अर्घाखाँची – अर्घाखाँचीका एक युवकको क्वारेन्टाइनमा मृत्यु भएको छ । उनी भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याव्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उनी १५ दिन देखि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनको हिजो स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि बुटवल लगिएको थियो । तर बुटबलमा गएपछि भने स्वास्थ्यमा केही सुधार आएका कारण अस्पतालमा भर्ना नगरी फर्काइएको बताइएको छ ।

तर बुटवलबाट आज अर्घाखाँची आउँदै गर्दा उनको अर्घाखाँचीको शितगङगा नगरपालिकाको डोटे भन्ने स्थानमा एम्बुलेन्समै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी माधव बुढाथोकीले बताए । जेठ २३ गते उनको स्वाब संकलन गरी बुटवल पठाइएकोमा रिपोर्ट अझै आउन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्