सुदूरपश्चिमका विभिन्न नाकाबाट शुक्रबार ५ हजार बढी नेपाल भित्रिए, जेठ २ यता ८४ हजार

कैलाली – रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई अल्पत्र परेका नेपाली नागरिक आउने क्रम शुक्रबार पनि जारी रहेको छ । शुक्रबार मात्रै पाँचहजार बढी नेपाल भित्रिएका छन् । कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट पाँच हजार २४४ जना नेपाली नागरिक शुक्रबार नेपाल भित्रिएका हुन् । ७१५ भारतीय नागरिक नेपालबाट बाहिरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गड्डा चौकी नाकाबाट १ हजार ५१ जना नेपाली नागरिक भित्रिएका छन् । ४२९ भारतीय नागरिक गड्डा चौकी नाका भएर भारत गएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीफन्टा नाकाबाट चार हजार १९३ नेपाली नागरिक भित्रिएका छन् भने २८६ भारतीय नागरिक बाहिरिएका छन् । बिहिबारको भन्दा शुक्रबार नेपाल भित्रिने संख्या बढेको छ ।
योसँगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गते यता नेपाल भित्रिने नेपालीको संख्या करिब ८४ हजार पुगेको छ भने बाहिरिने भारतीय नागरिकको संख्या करिब १२ हजार पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्