युएइबाट १६८ जना नेपाली नागरिक बोकेको विमान काठमाडौँ आइपुग्यो

काठमाडौँ – युएइबाट फर्किएका १६८ जना नेपाली नागरिकले स्वदेशको भूमि टेकेका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाजमार्फत १६८ नेपाली नेपाल फर्केका हुन् । यसअघि अन्तिम समयमा भाडाको विषयमा कुरा उठेपछि जहाजको उडान बिहान स्थगित भएको थियो । सो विमानमा एक शव पनि रहेको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।

यसअघि म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार नेपाली स्वदेश फिरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्