जुम्लाको क्वोन्टाइनमा मृत्यु भएका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण नरहेको पुष्टि

सांकेतिक तस्बिर

जुम्ला – जुम्लाको एक क्वारेन्टिनमा मृत्यु भएका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालयको क्वारेन्टिनमा मृत्यू भएका सोही वडाका ती पुरुषको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
बर्दियाबाट आएर जेठ २१ गते वडाले तयार गरेको क्वारेन्टिनमा बसेका उनको मृत्यू भएपछि कोरोना हो कि भन्ने त्रास फैलिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्