असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने प्रस्ताव

काठमाडौँ – कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी)ले असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने प्रस्ताव गरेको छ ।

सिसिएमसीले तयार पारी उच्चस्तरीय राजनीतिक संयन्त्रमा पेस भएको उक्त प्रस्तावमा कूल क्षमताको ४० प्रतिशत यात्रु राखेर हवाई सेवा खुल्ला गर्ने उल्लेख छ । समितिले छलफल गरी निर्णय गरेर मन्त्रिपरिषद्बाट स्वीकृत भएपछिमात्र यो प्रस्ताव लागू हुने छ । प्रस्तावअनुसार निर्णय भएमा असार १ देखि आन्तरिक उडानका जहाजहरु उड्न थाल्नेछन् तर कुल क्षमताको ४० प्रतिशतमात्र यात्रु राखेर यो नियमअनुसार ७२ सिट क्षमता भएको जहाजमा २८ जनालेमात्र एकैपटक यात्रा गर्न पाउने छन् ।

यद्यपी एयरलाइन्सहरुले सीमित क्षमतमा जहाज उडान सम्भव नहुने प्रतिक्रिया दिंदै आएका छन् । उडान खुला भएपछि यात्रु तथा एयरलाइन्सहरुले पालना गर्नुपर्ने निर्देशिका नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि नै तयार पारिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्