बन्ने भयो गोकुलेश्वर विमानस्थल, पर्यटन मन्त्रालयद्वारा १ करोड बजेट स्वीकृत

काठमाडौँ – दार्चुलाको गोकुलेश्वर विमानस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यययन मन्त्रालयलले १ करोड बजेट स्वीकृत गरेको छ ।

दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश ठगुन्नाको सचिवालयले बुधबार सो जानकारी गराएको हो । यस वर्षको बजेट भाषणमा गोकुलेश्वर विमानस्थल निर्माणको कुरा नआएको भन्दै स्थानीयले असन्तष्टि जनाएका थिए । त्यस लगत्तै सामाजिक संजाल फेसबुकमार्फत सांसद ठगुन्नाले गत वर्षको बजेटमा विमानस्थल निर्माणको सम्बोधन भएर कार्य अगाडी बढिसकेको र पटक पटक बजेट भाषणमा भनिरहनु नपर्ने बताएका थिए । यो सँगै दार्चुलामा अरु थप ९५ लाखका विभिन्न कार्यक्रमहरु पनि स्वीकृत भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्