पर्यटन मन्त्रालयद्वारा दार्चुलामा झण्डै २ करोडका कार्यक्रम स्वीकृत, गोकुलेश्वर विमानस्थल निर्माणका लागि १ करोड

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्यययन मन्त्रालयलबाट आगामी आर्थिक वर्षको लागि दार्चुलामा विभिन्न कार्यक्रमको लागि १ करोड ९५ लाख रुपैयाँको कार्यक्रमहरु स्वीकृत भएका छन् ।

बुधबार दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश ठगुन्नाको सचिवालयका अनुसार सो रकम दार्चुलामा संचालित हुने कार्यक्रमहरुका लागि स्वीकृत भएको हो । मन्त्रालयले गोकुलेश्वर विमानस्थल निर्माणका लागि लागि रु १ करोडको कार्यक्रम स्वीकृत गरेको छ । त्यस्तै, व्यास गाउँपालिकाको भूमिराज मन्दिर संरक्षण गर्न १५ लाख, मालिकार्जुन गाउँपालिकाको उकु महल भग्नावशेषको लागि रु २५ लाख छुट्याएको छ । त्यस्तै मार्मा गाउँपालिकाको मुरै सितोला पर्यटन पदमार्गका लागि २० लाख, ब्यास गाउँपालिकाको व्यास तिंकर पदमार्गका लागि रु १० लाख, गोतु तातोपानी धार्मिक तथा पर्यटकीय क्षेत्र पूर्वाधार निर्माणका लागि रु १० लाख, अलि गाउँपालिकामा पर्ने खण्डेश्वरी, घुसा अपि वेश क्याम्प पदमार्गका लागि रु १० लाख र मार्मा गाउँपालिकाको लटिनाथ मन्दिर पर्यटन क्षेत्र पुर्वाधार निर्माणको लागि रु ५ लाख बजेटको कार्यक्रम स्वीकृत भएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्