काँग्रेस सांसदहरु संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगे

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ । कांग्रेस सांसद अमरेशकुमार सिंहले केन्द्रीय समितिको निर्देशनअनुसार विधेयक दर्ता गर्न लागिएको बताए ।

संशोधन विधेयक दर्ताका लागि सिंह, चित्रलेखा यादव, अभिषेक कुमार सिंहलगायतका सांसदहरु संघीय संसद् सचिवालयमा पुगेका छन् । संशोधन विधेयकबारे सिंहले भने, ‘पहिले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको विधेयक नै दर्ता गर्न लागेका हौं । केन्द्रीय समितिको निर्देशनअनुसार नै संशोधन विधेयक दर्ता गर्न लागेका हौं ।’ यसअघि समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका छन् । सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सालाई निसान छापमा समावेश गर्न संविधान संशोधन विधेयक संसद्‍मा पेस भइसकेको छ ।

२०७४ को भदौमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा पेश गरेको विधेयकमा सीमाङ्कन, नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधत्वका विषय छन् । त्यतिबेला यो विधेयक मतदानबाट अस्वीकृत भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्