सलह किराको परिचय र व्यवस्थापन

गिरिजा प्रसाद मिश्र
देश कोरोना भाइरस संक्रमण सँग जुधिरहदा र चौधौँ योजनाको अन्त्यमा आइपुग्दा नेपालका ६०.४ प्रतिशत जनता कृषिमा निर्भर छन् । यो अवस्थामा किसान सामु अर्को चुनौती सलह किरा थपिएको छ ।

सलह किराको परिचय

यो किरा फट्याङ्ग्रा समुहको किरा हो । यसको बैज्ञानिक नाम सिस्टोसिटका ग्रेगारिया हो । समुहमा बस्न मन पराउने र रातमा थकाई मार्ने तथा दिनमा सक्रिय हुने जातको किरा हो । यो किराले विरुवाका पात खानुका साथै बोक्रालाई समेत हानी गर्छ । १ दिनमा १५० किलोमिटरको गतिमा हिड्ने समुहमा ४ देखि ८ करोडको संख्या भएको सलह किराको बथान अफ्रिकाबाट खाडी मुलुक इरान, पाकिस्तान हुदै भारत पुगेको हो । अर्को बथान हिन्द महासागर हुदै भारत प्रवेश गर्न लागेको छ । भारतसँग सिमाना जोडिएका नेपालका सिमानामा आएर धान, मकै, चैते धान, फलफुल बाली, तरकारी बालीमा हानी गर्ने अनुमान गर्न सकिन्छ ।

व्यवस्थापनका उपायः–

१) हुललाई तितर वितर पार्ने
आगो बाल्ने, धुवा लगाउने
हावाको वहाव परिवर्तन गर्ने

२) जैविक विधिको प्रयोग
चरा, माकुरा, छेपारोको प्रयोग गरि सलहलाई आक्रमण गराउने

३) ध्वनीको प्रयोग
थाल बजाउने, ड्रम बजाउने
ठूलो ध्वनीमा गीतहरु बजाउने

४) रसायनिक प्रकोप
मलाथियन, डाइजेयनन् फिर्पोलिन बोरिक एसिडको प्रयोग गर्ने

५) अन्य
लसुन पानी छर्कने
झुल जालको प्रयोग गर्ने

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्