जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न सरकारसँग आग्रह (विज्ञप्ति सहित)

काठमाडौं – निजी क्षेत्रमा क्रियाशील शैक्षिक संघ–संस्थाहरुले कोरोना महामारीको बीचमा पठनपाठनलाई सहज बनाई शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन सरकारसमक्ष सहयोगको आह्वान गरेका छन् । सो क्षेत्रमा काम गर्ने प्याब्सन, एनप्याब्सन, राष्ट्रिय अभिभावक महासंघ नेपाल, अभिाभावक संघ नेपाल, संस्थागत विद्यालय अभिभावक संघ र संस्थागत विद्यालय शिक्षक युनियनले १० बुँदे साझा धारणा सार्वजनिक गर्दैै सरकारसँग सहयोगको आग्रह गरेका हुन् ।
ती संघ संगठनले पछिल्लो जटिल परिस्थितिमा विद्यार्थी भर्ना प्रक्रिया, पाठ्यपुस्तक व्यवस्थापन, भर्चुअल कक्षा सञ्चालन गर्ने लगायत १० बुँदे धारणा सार्वजजिक गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न सरकारसँग माग गरेका छन् । संगठनले जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न र शिक्षक कर्मचारीहरु विद्यालयमा उपस्थित भई नयाँ शैक्षिक सत्रका लागि योजना बनाउनुका साथै शिक्षक कर्मचारीहरुलाई तालिम अभिमुखीकरणका लागि व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेका छन् ।

सात संगठनद्वारा बिहीबार जारी संयुक्त विज्ञप्तिमा निर्विवाद रुपमा पाठ्यपुस्तक ढुवानी गराई सम्पूर्ण पुस्तक पसलहरु सञ्चालन गराउन र अनलाइनबाट समेत सम्पूर्ण विद्यार्थीहरु नसमेटिने हुँदा रेडियो, टिभीमा भर्चुअल कक्षालाई प्रोत्साहन गरी विद्यार्थीहरुका लागि सरकारबाटै विशेष पहल गरी भर्चुअल कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्