एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर-लुम्बिनी र विराटनगर-काठमाडौँ भिड्दै

default

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् ।

दिउँसो साढे १२ बजे सुरु हुने खेलमा लुम्बिनी तेस्रो जितको खोजीमा हुनेछ भने जनकपुर पनि आफ्नो स्थान सुधार गर्ने लक्ष्यसहित मैदान उत्रनेछ । तीन खेलबाट पाँच अङ्क जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ । चार खेल खेलेको जनकपुर दुई जित र दुई हारसहित चौथो स्थानमा रहेको छ ।

आजै बेलुका ५ बजे हुने दोस्रो खेलमा विराटनगर किङ्ग्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । चार खेलबाट दुई जित र दुई हार बेहोरेको विराटनगर नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । काठमाडौँ भने दुई खेलबाट एक जित र एक हारसहित सातौँ स्थानमा रहेको छ ।

प्रतियोगितामा सहभागी सबै आठ टोलीले कम्तीमा दुई खेल खेलिसकेका छन् । लगातार तीन खेलमा पराजित पोखरा एभेन्जर्स तालिकाको अन्तिम स्थानमा छ ।

आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करण आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्