काठमाडौंसहित देशभर आज वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

Photo: AI

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने तथा विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार काठमाडौंमा केही समयमा हल्का वर्षा हुन सक्ने सम्भावना छ भने बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा अहिले नै हल्का वर्षा भइरहेको छ।

आगामी तीन दिनसम्म मनसुन सक्रिय रहने भए पनि अति भारी वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। महाशाखाले मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्