काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सभापति थापाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।
पूर्वसभापति शेरबहादुर देउवानिकट रहेर लामो समय पार्टीमा सक्रिय भूमिका निर्वाह गरेका श्रेष्ठ यसअघि कार्यवाहक सभापति, उपसभापति लगायतका महत्वपूर्ण जिम्मेवारीमा रहिसकेका छन्। पछिल्लो समय विशेष महाधिवेशनको पक्षमा खुलेका उनी हाल क्यान्सर रोगको उपचार गराइरहेका छन्। केही समय भारतमा उपचारपछि अहिले नेपालमै उपचाररत रहेका श्रेष्ठलाई पार्टीले सम्मानस्वरूप वरिष्ठ नेताको जिम्मेवारी दिएको जनाइएको छ।



