मेलम्चीका आरडीटी पोजेटिभ देखिएका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

सुशील सुवेदी
सिन्धुपाल्चोक – मेलम्चीका कोरोना संक्रमित २ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा आरडीटी परिक्षण गर्दा पोजेटिभ अर्थात कोरोना भएको देखाएपछि उनिहरुको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि काठमाडौ पठाइएको थियो । उनिहरुको परिक्षण रिपोर्टमा कोरोना नभएको आएको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विनोद केसिले जानकारी दिए । कोरोना परिक्षणका लागि एक जना स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको स्वाब संकलन गरि पठाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्