नेपालमा कोरोना निको हुनेको संख्या १५५ पुग्यो

नारायणी अस्पतालबाट एकैपटक ४३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्।

अस्पातलले आइतबार राती १८ जना र त्यसभन्दा अघि ९ जनालाई उपचारपछि डिस्चार्ज गरेको थियो। आज सोमबार ४३ जना समेत गरी अस्पतालबाट ७० जनालाई डिस्चार्ज गरेको हो।

आज डिस्चार्ज हुने ४३ जनामा ३ जना महिला र बाँकी पुरुष छन्। डिस्चार्ज हुनेमा अस्पतालकी नर्स समेत रहेकी छिन्। यसका साथै २ जना सञ्चारकर्मी समेत डिस्चार्ज भएका छन्।

यो संंगै नेपालमा कोरोना निको हुनेको संख्या १५५ पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्