अर्थतन्त्रको रक्षा र रोग तथा भोकबाट जोगाउने सरकारको प्रमुख दायित्व : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कका अन्य राष्ट्रमा भन्दा नेपालमा कोरोना भाइरसले त्यति सङ्क्रमण नपुर्याएको बताएका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा प्रयोगशालाबाट शुरु गरिएको परीक्षण देशभर करिब दुई दर्जनजति पुग्न लागेको बताए ।
सोमबार नेपाल टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्दै तीनै तहको सरकारले उचित रुपमा व्यवस्थापन गरेको बताए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, यसबाट सिर्जित संकटबाट मुलुकको अर्थतन्त्रलाई रक्षा गर्ने र रोग तथा भोकबाट जनतालाई जोगाउने कामलाई सरकारले आफ्नो प्रमुख दायित्व ठानेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्