आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं – आज मे १ तारिखका दिन १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र अधिकार सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। विश्वभरका मजदुरहरूले यस दिनलाई पर्वका रूपमा मनाउँदै आफ्ना हक-अधिकार सुनिश्चित गर्न सरकार र रोजगारदातामाथि दबाब सिर्जना गर्ने अवसरका रूपमा लिँदै आएका छन्।

यस दिवसको सुरुवात सन् १८८६ मा सिकागो मा भएको मजदुर आन्दोलनबाट भएको हो। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको उक्त आन्दोलनले श्रमिक अधिकारको इतिहासमा महत्वपूर्ण मोड ल्याएको मानिन्छ।

नेपालमा भने २००७ सालमा विराटनगर मा भएको मजदुर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको हो। २०४६ सालको राजनीतिक परिवर्तनपछि यस दिनलाई औपचारिक रूपमा मान्यता दिँदै सार्वजनिक बिदा दिन थालिएको थियो। आज पनि देशभर विभिन्न श्रमिक संगठनहरूले र्‍याली, सभा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी श्रमिक अधिकार, सामाजिक सुरक्षा र श्रमको सम्मानका विषय उठाइरहेका छन्। सरकारले पनि आजका दिन सार्वजनिक बिदा दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्