नुवाकोट सहित ४२ जिल्लामा फैलियो कोरोना, कुन प्रदेशमा कति जिल्ला ?

काठमाडौँ – नुवाकोटमा पनि कोरोनाको संक्रमण देखिएको छ ।
आइतबार नुवाकोटमा कोरोनाको संक्रमण देखिएसँगै देशभर ४२ जिल्लामा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश नं. १ का ७ जिल्ला ८६ जना कोरेना संक्रमित छन् । प्रदेश नं. २ का सबै अर्थात ८ वटै जिल्लाहरुमा कोरोनाको संक्रमण फैलिएको छ । यस प्रदेशमा १ सय ८९ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारको नियमित कोराेना ब्रिफिङमा जानकारी दिए ।

त्यस्तै बाग्मती प्रदेशका ११ जिल्लामा ३४ जना संक्रमित छन् भने गण्डकी प्रदेशका ३ जिल्लाका ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसै गरि प्रदेश नं. ५ का ७ जिल्लामा २८१ जना कोरोनाका संक्रमित छन् यो प्रदेशमा सबै भन्दा बढी संक्रमण देखिएको छ । कर्णाली प्रदेशका २ जिल्लामा ४ जना संक्रमित छन् भने सुदूरपश्चिमका ४ जिल्लाका १४ जनामा कोरोनाको संक्रमण रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्