आगलागीमा परी दम्पती घाइते

सुशील सुवेदी
सिन्धुपाल्चोक – त्रिपुरासुन्दरी ५ तौथलीमा गएराति आगलागीमा परि वृद्ध दम्पति गम्भीर घाइते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ५ तौथलीको एक घरमा लागेको आगोबाट स्थानीय ८२ वर्षीय कर्ण बहादुर कुल्सुले र उनकी श्रीमती ८१ वर्षीय हिरामाया कुल्सुले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय ,सिन्धुपाल्चोकका सुचना अधिकारी प्र.ना.उ.माधब प्रसाद काफ्लेले जानकारि दिए ।

घाइते दम्पतीको शरिरका विभिन्न ठाउँका छाला डढेका छन् । उनीहरुलाई राति गाउँले आएर उद्धार गरेका थिए । घरमा आगो नमारी राखेको कारण राति आगो सल्केर आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ । उनीहरुको थप उपचारका लागि काठमाडौं पठाएको छ । राति १ बजे लागेको आगो साढे ३ बजेतिरमात्रै नियन्त्रणमा आएको थियो । आगलागीबाट घर भित्र रहेको बाख्रा २ वटा, कुखुरा ७ वटा मरेका छन् सम्पुर्ण सामान गरी २ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको काफ्लेले जानकारि दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्