गौरिफन्टा नाकाबाट १४ सयभन्दा बढी नेपाली स्वदेश फर्किदै

FILE PHOTO

कैलाली – कैलालीको गौरिफन्टा नाकामा १४ सयभन्दा बढी नेपाली स्वदेश फर्किन जम्मा भएका छन् । उनीहरुमध्ये कैलाली र कञ्चनपुरका नागरिकको नाकामै र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरेर प्रवेश गराइने सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

आरडीटी किट अभावका कारण अरु जिल्लाका नागरिकलाई सम्बन्धित स्थानीय तहले परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी स्वदेश फर्किन दिइने उनले जानकारी दिए । सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले कैलाली र कञ्चनपुरका नागरिकको आरडीटी परीक्षण गरिरहेका छन् । बिहीबार पनि कैलालीको गौरिफन्टा नाकाबाट ८५८ जना नेपालीलाई स्वदेश फर्काइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्