उपत्यकामा १९ जना सङ्क्रमित, विभिन्न ठाउँमा सिल

eQmk'/, & h]7 M eQmk'/ gu/kflnsf–% e]n'v]nl:yt Bf}nfa:tLdf $@ jifL{o :yfgLo Ps k'?ifnfO{ lkl;cf/ k/LIf0fdf sf]/f]gf kf]h]l6e b]lvPkl5 a'waf/ laxfg g]kfnL ;]gf / k|x/Lsf] 6f]nLn] a:tL l;n ub}{ . t:jL/ M /d]z lu/L÷/f;;

काठमाडौँ – महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) र जवानमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बुधबार बिहानदेखि कालिमाटीक्षेत्र सिल गरिएको छ ।

त्यस्तै, मैतिदेवी बस्दैआएका जुम्ल्याहा दाजुभाइमध्ये एकजनामा कोरोना सङ्क्रमण देखिएपछि सो क्षेत्र पनि सिल गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार, कालिमाटी वृत्त परिसरमा रहेका महानगरीय ट्राफिक प्रहरी र महिला सेलको कार्यालय पनि सिल गरिएका छन् ।

परिसर प्रमुख श्याम ज्ञवालीले प्रहरी कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्य सुरक्षा तथा सतर्कताका लागि कार्यालय आसपासको क्षेत्रमा आवतजावत समेत रोक लगाइएको बताए । मैतिदेवीमा पनि केही दिनका लागि आवतजावतमा रोक लगाइएको छ ।

उपत्यकामा १९ जना सङ्क्रमित

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या १९ पुगेको छ । बन्दाबन्दीको बिचमा पनि तराईका विभिन्न जिल्लाबाट उपत्यकामा प्रवेश गर्नेहरूको सङ्ख्या बढेसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको दावी स्थानीय जनप्रतिनिधिहरूको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार, काठमाडौंँमा १२, भक्तपुरमा पाँच र ललितपुरमा दुईजना कोरोना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा फेला परेकामध्ये चारजना उपचारपछि निको भएर यसअघि नै घर फर्किएका छन् ।

कोरोना सङ्क्रमित सुरक्षाकर्मीको सङ्ख्या ११

कोभिड–१९ रोकथाम तथा नियन्त्रणको अगुवाई गर्दै आएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको गरी ११ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।

सेनाका उपरथीसहित दुई, प्रहरीको दुईजना प्रहरी नायव निरीक्षक सहित पाँच, सशस्त्र प्रहरीको तीन र राष्ट्रिय अनुसन्धान विभागको एक गरी ११ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो ।

सङ्क्रमित सुरक्षाकर्मीमध्ये जनकपुरमा दुई, कपिलवस्तुमा चार, काठमाडौँमा चार र बारामा एकजना रहेका छन् । उपरथीसहित केही सुरक्षाकर्मीको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरी अस्पतालका प्रवक्ता प्रहरी उपरीक्षक डा. प्रवीन नेपालका अनुसार, उपचारार्थ भर्ना भएका १४ जनामध्ये तीन महिला र एक बालक रहेका छन् । तीमध्ये पाँचजना सुरक्षाकर्मी रहेका छन् ।

सङ्क्रमित सबैको अवस्था सामान्य रहेको डा. नेपालले बताउनुभयो । ’कोरोना भाइरसको जटिल लक्षण कसैमा देखिएको छैन, नियमित योग र व्यायाम गराउने कार्य भइरहेको छ,’ उहाँले भन्नुभयो, ’सङ्क्रमित सबैको अवस्था सामान्य छ ।’ गाेरखापत्र अनलाइन 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्