दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं – दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र रक्षामन्त्री एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रक्षामन्त्री एजेलिना उपराष्ट्रपति माशरकी पत्नी हुन् ।

माशरमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । उनको उमेर ६० वर्षभन्दा बढी छ ।

माशरका बडीगार्ड र केही सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण सुडानमा २ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्