अम्पुन नामको शक्तिशाली चक्रवात बङ्गालको खाडीबाट नेपाल आउँदै, सतर्क रहन आग्रह

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको बताएको छ ।
अम्पुन नामको शक्तिशाली चक्रवात बङ्गालको खाडीबाट नेपाल आउँदैछ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने महाशाखाले जनाएको छ ।

चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने मौसमविद् गङ्गा नगरकोटीले बताइन् । उनका अनुसार त्यस चक्रवातको गति उत्तरपश्चिम हुँदै अघि बढिरहेको छ । भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्नेछ, त्यसपछि मध्य र पूर्वी नेपालका भूभागमा असर गर्नेछ, जसका कारण त्यस क्षेत्रमा वर्षा हुनेछ उनले भनिन् ।
अम्पुन चक्रवात भारतको उडिसा हुँदै प्रतिघण्टा १३ किलोमिटरको गतिमा उत्तरपश्चिमको बाटोमा अघि बढ्दै छ । मङ्गलबार यसको गति १८० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ महाशाखाले अनुमान गरेको छ । भारतीय क्षेत्रमा यस चक्रवातको क्षति रोक्न पूर्व तयारी थालिएको छ । जसका लागि पश्चिम बङ्गालमा सात र उडिसामा १० वटा रक्षा टोली परिचालन भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्