सीमा रक्षाको लागि अतिक्रमित क्षेत्रमा सैनिक उपस्थित गराउनुपर्ने सांसद ठगुन्नाको माग

काठमाडौँ – दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपाका नेता गणेशसिंह ठगुन्नाले अतिक्रमित भूमिको थप सुरक्षा गर्न अतिक्रमित क्षेत्रमा नेपाली सेनाको उपस्थिति गराउनु पर्ने माग राखेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा छलफल कार्यक्रममा भाग लिदै सांसद ठगुन्नाले सो क्षेत्रका जनताको आधारभुत आवश्यकता पुरा गर्न र सैनिकको उपस्थिति गराउन माग गरे । आगामी आर्थिक वर्षमा छाङरुबाट तिंकर जोड्ने सडकको लागि बजेट विनियोजन गर्न समेत उनले माग गरे । सांसद ठगुन्नाले गोकुलेश्वरको विमानस्थल डिपीआर तयार भएको र आगामी आर्थिक वर्षमा विमानस्थल संचालनको लागि पर्याप्त बजेको व्यवस्था गर्न समेत समेत संसदमा जोडदार माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्