नागढुङ्गामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की पक्राउ

काठमाडौं – उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी पक्रउ परेका छन् ।
स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरीका उत्तम कार्की पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । कार्की्विरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए । उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए । जसको चौतर्फी विरोध भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्