धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ शील, सेना परिचालन

सुशील सुवेदी
सिन्धुपाल्चोक – धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँ शील गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे–९ की २९ वर्षीया महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित संक्रमणलाई रोक्न उक्त गाउँ शील गरिएको हो ।

बाह्रबिसे नगरपालिका ९ र बलेफि गाउँपालिका ८ र ९ शील गरिएको छ । ती महिलाको माइती बलेफि गाउँपालिकाको ९ मा पर्ने हुँदा उक्त क्षेत्रपनि शील गरिएको हो । उक्त शील गरिएका ठाउँहरुबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिने भएको छ ।
शील गरिएका ठाउँका स्थानीयलाई घरबाहिर निस्कन नदिने र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनालाइृ समेत जिम्मा दिइएको छ । ती महिलाको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कन्ट्रयाक्ट ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि क्वारेन्टाइनमा राखी स्वाब संकलन गरिने समितिको बैठकले निर्णय गरेको छ । साथै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द पनि शील गरिने भएको छ । ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र शील गरिने भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्