पोखरा — नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले विगतका प्रधानमन्त्री र अर्थमन्त्रीहरूलाई सही छानबिन भए डिल्लीबजार कारागारमै भेट्न सकिने बताएका छन्। समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डेले वाइडबडी, गोकर्ण सफारी, ओम्नी, गिरिबन्धु टी स्टेटलगायतका काण्डमा निष्पक्ष छानबिन हुनुपर्ने बताए।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथिको आरोप पूर्वाग्रही भएको उल्लेख गर्दै उनले ललिता निवास प्रकरणमा जस्तै अन्य मुद्दामा पनि नीति र प्रक्रियामा एकरुपता हुनुपर्ने धारणा राखे।