दार्चुला – दार्चुलाको लेकम गाउँपालिका–६ स्थित सिरोडाबाट एक १४ वर्षीया किशोरी बेपत्ता भएकी छन्। स्थानीय धर्मसिंह खत्रीकी छोरी लक्ष्मी खत्री बुधवार दिउँसोदेखि बेपत्ता भएको परिवारले जनाएको छ।
गहुँगोरो वर्ण र ४ फिट ५ इन्च उचाइकी लक्ष्मी घरबाट निस्किएपछि हालसम्म सम्पर्कमा आएकी छैनन्। परिवार र स्थानीयबासीले खोजी गर्दासमेत कतै पत्ता नलागेपछि प्रहरीलाई जानकारी गराइएको हो।
दार्चुला प्रहरीले घटनाको पुष्टि गर्दै खोजी कार्य सुरु गरिएको जानकारी दिएको छ। किशोरीलाई कसैले देखे वा भेटेमा नजिकको प्रहरी चौकीमा खबर गर्न वा ९८४८७१२०५२ तथा ९८६२४६७९४६ नम्बरमा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरिएको छ। प्रहरीले बालबालिका बेपत्ता सम्बन्धी घटनालाई गम्भीरताका साथ लिएर आवश्यक अनुसन्धान तथा खोजी प्रक्रिया तीव्र पारिएको जनाएको छ।