वैदेशिक रोजगारमा गएकाहरुलाई तत्काल फर्काउन सकिदैन – अर्थमन्त्री

काठमाडौं – वैदेशिक रोजगारमा गएकाहरुलाई नेपाल सरकारले तत्काल नफर्काउने भएको छ ।

बुधबार प्रतिनीधिसभा बैठकमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै अर्थमन्त्री युवराज खतिवडाले बाहिर बसेकाहरु फर्कन चाहन्छन् भने त्यसका लागि बृहत छलफल गर्नुपर्ने बताए ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले भने, ‘बाहिर बसेकाहरु स्वदेश फर्कन चाहन्छन् भने उनीहरुलाई ल्याऔं भन्नुभएको छ । योसम्बन्धी विषयमा मलाई लाग्छ, अलिकति बढी छलफलको आवश्यकता पर्दछ । हाम्रा भावनाहरु एक ठाउँमा छन्, र हाम्रा कठिनाइहरु पनि हामीले सँगसँगै हेर्नुपर्छ ।’

मन्त्री खतिवडाले संसदमा भने, ‘हामीले जीवनरक्षाको कुरा गरिरहँदाखेरि आवत–जावतलाई हामीले कसरी बुझ्ने हो, यो कुरालाई पनि हामीले बुझ्नुपर्छ । ‘मान्छे ल्याउने, लाने भन्ने कुराहरु हामीले समग्र स्वास्थ्य जोखिमको आधारबाट पनि तयार गर्नुपर्ने विषय छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्