विपद व्यवस्थापन कोषको रकम स्थानीय तहको जिम्मा दिन काँग्रेसको सुझाव

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी कोषमा थन्किएर बसेको करिब ३ अर्ब रुपैयाँ स्थानीय तहलाई दिएर कोरोना नियन्त्रणमा खर्च गर्न आग्रह गरेको छ । विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि कोरोना नियन्त्रणका लागि सरकारले खर्च गर्न नसकेको कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारले रकम नदिँदा स्थानीय तहहरु सीमित स्रोत साधनकाबीच कोरोनासँग लडिरहेको बताए । कांग्रेसले कोरोना परीक्षण दायरा बढाउन आग्रह गर्दै सांसद विकास कोषको रकम पनि यसमा खर्च गर्न आग्रह गरे । नागरिकको जीवनभन्दा ठूलो सरकारी ढुकुटीमा जम्मा भएको पैसा नहुने भन्दै शर्माले परीक्षणतर्फ ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरे ।

कांग्रेसले नेपाली भूमि कालापानी क्षेत्रबाट भारतीय सेना फर्काउने विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको अविछिन्न अधिकार रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रका विवाद समाधानका लागि सरकारले भारत र चीनसँग नेपाल सरकारले संवाद गर्नुपर्ने प्रवक्ता शर्माले बताए ।

विदेशमा अप्ठ्यारोमा परेकालाई स्वदेश फर्काउन पनि उनले सरकारसँग आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्