भक्तपुरमा २५ वर्षीया नर्समा कोरोना संक्रमण, संक्रमित नर्सको संख्या २ पूग्यो

सांकेतिक तस्बिर

काठमाडौं – भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षाीया महिला महिला अस्पतालमा कार्यरत भएको खुलेको छ ।
सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी आरोग्य अस्पतालमा कार्यरत भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।
उनलाई हाल टेकु अस्पतालमा भर्ना गरिएको छ । यसअघि मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्